काठमाडौं – नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर वा विशेष सुविधा आवश्यक नपर्ने बताएका छन्। पदभार ग्रहण पछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयमै बस्ने योजना सुनाएका हुन्।
उनका अनुसार, सरकारी निवास नभएकाले छुट्टै क्वाटर खोज्ने चाहना छैन। उनले भने, “मेरो त जहाँ काम गर्छु त्यहीँ बस्ने बानी छ। एउटा कोठा, एउटा खाट र किचन बनाइदिनुस्, म मन्त्रालयमै बस्छु। आफैं पकाएर खान्छु।”
पुनले आविष्कार केन्द्रको जिम्मेवारीबाट पनि राजीनामा दिएको स्पष्ट पार्दै भने, “यो पदमा आएपछि त्यहाँ रहन मिल्दैन, त्यसैले म पद छाडिसकेको छु।”
सुरक्षा सुविधा समेत नचाहेको बताउँदै उनले भने, “यहाँ आउँदा एउटा प्रहरी र एउटा सैनिकसहित आएको रहेछ। म भाइहरुलाई भइसकेँ, कमाण्डरलाई रिपोर्ट गरेर यहीँ बसौं, बाहिर निस्किँदा पछिपछि आउनु पर्दैन।”
औपचारिक कामका लागि मन्त्रालयको सवारी साधन भने प्रयोग गर्ने उनले बताए।—00–


