काठमाडौं । यस वर्षको बडादसैँको टीका साइत नेपालभित्र मात्र नभई विदेशमा बस्ने नेपालीका लागि पनि छुट्टाछुट्टै समयमा निर्धारण गरिएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिले यसअघि नै नेपालका लागि साइत सार्वजनिक गरिसकेको छ। समितिका अनुसार, असोज १६ गते (अक्टोबर २) बिहान ११ बजेर ५३ मिनेट मा दसैँको टीका लगाउन उत्तम साइत रहेको छ।
यस्तै, विदेशमा बस्ने नेपालीका लागि अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले शनिबार (असोज ४) विशेष साइत सार्वजनिक गरेको हो। समितिले भारतदेखि अमेरिका, जापान, अष्ट्रेलिया, पोर्चुगल र बेलायतसम्मका स्थानअनुसार फरक–फरक समय तोकेको छ।
समितिका अनुसार विदेशमा टीका लगाउने उत्तम साइत यसप्रकार रहेका छन् :
-
भारत (नयाँ दिल्ली) – अक्टोबर २, बिहान ११:४९
-
अमेरिका (न्युयोर्क) – अक्टोबर १, बिहान ११:२५
-
जापान (टोकियो) – अक्टोबर २, बिहान ११:३१
-
अष्ट्रेलिया (सिड्नी) – अक्टोबर २, बिहान ११:४३
-
पोर्चुगल (लिस्बन) – अक्टोबर २, बिहान ९:२३
-
बेलायत (लन्डन) – अक्टोबर २, बिहान ९:१७
यसरी, विदेशमा रहेका नेपालीहरूले पनि आफ्नो मुलुकअनुसार तोकिएको साइतमै दसैँको टीका ग्रहण गर्न सक्ने भएका छन्। समितिहरूका अनुसार साइतमा टीका लगाउँदा धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले फलदायी हुने विश्वास गरिएको छ।


