रवि लामिछाने पुनः कारागार फर्कने घोषणा

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफू पुनः कारागार फर्कन लागेको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत लामो स्टाटस र भिडियो सन्देश जारी गर्दै उनले न्यायको आशामा जेल फर्कने बताएका हुन्।

लामिछानेले भने, “पछिल्लो सरकारले चरम राजनीतिक प्रतिशोधका कारण मेरो जीवन हराम बनायो। तर अहिले देशको नेतृत्वमा न्यायकी प्रतिमूर्ति प्रधानमन्त्री बन्नुभएको छ। अब अन्याय नहुने विश्वासका साथ म कारागार जाँदैछु।”

आज आफ्नो जन्मदिन परेको उल्लेख गर्दै उनले जन्मदिनकै उपहारस्वरूप आफूलाई पुनः कारागार पठाउन लागेको व्यंग्य गरेका छन्।

नख्खु कारागारमा रहेका लामिछाने २४ भदौमा जेनजी आन्दोलनको क्रममा बाहिर निस्किएका थिए। सुरुमा उनले कारागार प्रशासनकै निर्णयअनुसार बाहिर आएको दाबी गरे पनि प्रशासनले यसबारे औपचारिक प्रतिक्रिया दिएको थिएन।

उक्त पत्र र बाहिरिने प्रक्रियाबारे आलोचना बढेपछि उनले आफैं पुनः कारागार फर्किने निर्णय गरेका हुन्। यस विषयमा अनावश्यक मिडियाबाजी भएको भन्दै उनले असन्तुष्टि पनि जनाएका छन्।–00—

Share:

सम्बन्धित समाचारहरु