चितवन कारागारबाट फरार तीन भारतीय कैदी रूपन्देहीमा पक्राउ

चितवन । चितवन कारागारबाट फरार भएका तीन जना भारतीय कैदीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ। भारततर्फ भाग्ने क्रममा बेलहिया नाकामा भारतीय सशस्त्र सीमा बल (SSB) ले नियन्त्रणमा लिएर बुधबार राति १२ बजे रूपन्देही प्रहरीले जिम्मा लिएको हो।

पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश संबल जिल्ला निवासी ४१ वर्षीय राज पाल, ४८ वर्षीय अनिल गिरी र हरियाणाका २४ वर्षीय अब्बास खाँ रहेका छन्।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी सुरज कार्कीका अनुसार पाल र गिरी गाँजा तस्करीको अभियोगमा, जबकि खाँ सवारी दुर्घटनाको अभियोगमा कारागार चलान भएका थिए।—00—

Share:

सम्बन्धित समाचारहरु