त्रिभुवन विश्वविद्यालय छठपछि मात्रै खुल्‍ने

चितवन । मुलुकको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै त्रिभुवन विश्वविद्यालयले कात्तिक ११ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको छ।

रजिस्ट्रारको कार्यालय प्रमुख लिली थापा क्षेत्रीले आज जारी गरेको सूचनामा सो अवधिसम्मका बिदा हिउँदे बिदाबाट कटौती गर्नेगरी मिलाइएको उल्लेख गरिएको छ।

विश्वविद्यालयका सबै संकाय, विभाग र सम्बन्धन प्राप्त क्याम्पसमा सो निर्णय लागू हुने र विद्यार्थीलाई अनावश्यक भ्रममा नपर्न आग्रह गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु