थाङखोला सामुदायिक वन उपभोक्ता समुहको कार्यालयपनि जलेर नष्ट

कालिका ।  थाङखोला सामुदायिक वन उपभोक्ता समुहको कार्यालयपनि जलेर नष्ट भएको छ । जेनजी समुहले हिजो तोडफोड र आगजनी गरेका थिए । कालिका नगरपालिकाको वडा नं. २ मा रहेको यो कार्यालयका सम्पूर्ण कागजपत्रदेखि फर्निचरका सामाग्री जलेर नष्ट भएको हो ।

गतवर्षमात्रै आएको रामप्रसाद कार्की नेतृत्वको समितिले कार्यालयलाई व्यस्थित बनाएको थियो । अस्तव्यस्त सामुदायिक वनलाई संरक्षणसँगै कार्यालय व्यवस्थानमा जोड दिएका थिए ।

 

Share:

सम्बन्धित समाचारहरु