सकियो दुई दिने ‘चित्तौन कचेहेरी’

चितवन, ३० बैशाख । चितवनको नारायणी कला मन्दिरमा सञ्चालन भएको ‘चित्तौन कचेहेरी’ सकिएको छ ।

 

चितवन र मुलुककै विभिन्न समस्या तथा सम्भावनाहरू उजागर गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा १८ वटा सत्र सुरु भएका थिए । मञ्चमा आदिवासी जनजाति, दलित समुदाय, राजनीति, साहित्य, इतिहास, वातावरण, विकास निर्माण, कृषिलगायत दर्जनभन्दा बढी विषयमा केन्द्रित रहेर बहस भए । कचेहेरीमा चितवन र समग्र देशको समस्या र सम्भावनाहरू खोतल्ने गरी प्यानल छलफल तथा नाटक, साहित्य प्रस्तुत गरिएको थियो । मान्छेका जीवन–मरणका विषयहरू उठान गरिने र थुनिएका आवाजलाई चिन्तनको मूलधारमा ल्याउने प्रयास भएको कार्यक्रम निर्देशक सरिता तिवारीले जानकारी दिईन् । उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण चितवन बासीलाई समेत धन्यवाद दिएकी छन् ।

शुक्रवारदेखि सुरु भएको ‘चित्तौन कचेहेरी’को दोस्रो दिन १० वटा सत्र सञ्चालन भएका थिए । दोस्रो दिनको पहिलो सत्रका रुपमा ‘विकासमा कहाँ छुटे आदिवासी?’ शिर्षकमा बहस भएको थियो । जसमा वीरेन्द्र महतोले डा.सञ्जय महतो, ज्ञानबहादुर बोटे, इन्दु थारु र सुनिमायाँ चेपाङसंग बहस गरेका थिए । गाउँमा विकास भए पनि त्यसबाट आदिवासी जनजातिले प्रत्यक्ष अवसर नपाएको बताए । नेपालको विकास आदिवासी जनजातिको पहुँचविपरीत रहेको उनीहरुको भनाई थियो ।

यस्तै दोस ‘जब्बर जात व्यवस्थाः समाज अघि बढ्दैछ कि पछि?’ विषयक छलफलमा विकास विश्वकर्मा, रुपा सुनार र शिवहरी ज्ञवालीले भाग लिएका थिए । उनीहरुले धर्म परिवर्तनबाट जातीय व्यवस्थाको उन्मुलन नहुने बताएका थिए । कानुन बनेपनि कार्यान्वयन हुन नसक्दा छुवाछुत प्रथा हट्न नसकेको उनीहरुको भनाई थियो । लेखक तथा पत्रकार वसन्त बस्नेतले सहजकिरण गरेको ‘नयाँ युगको राजनीतिः विचार कति, व्यवहार कति?’ विषयक छलफलमा सांसद सोविता गौतम, केशव दुहाल र गुणराज लोहनी वक्ताको रुपमा सहभागि थिए । उनीहरुले राजनीतिमा विचार र व्यवहार दुवै महत्वपूर्ण हुने बताए । राजनीतिमा समयअनुसार विचार हुनुपर्ने उनीहरुको धारणा छ ।

 

शनिवार पुस्तक विमोचन र वार्ता समते गरिएको थियो । यस सत्रमा पत्रकार राजेश घिमिरेले लेखक र समालोचक संग वार्ता गरेका थिए । चित्तौन कचेहेरीमा अभियन्ता केपीकिरण शर्माको ‘भुमरी’ र डा जीवन क्षेत्रीका ‘नुन–तेल, विगत र पदयात्रा’ पुस्तक विमोचन गरिएको हो । चेपाङ संरक्षणका अभियन्ता शर्माको ‘भुमरी’ चेपाङ समुदायको शैक्षिक व्यक्तिद्वय विश्वास चेपाङ र सुनिमाया चेपाङमार्फत विमोचन गरे । सामाजिक अभियन्ता डा क्षेत्रीको कृति ‘नुन–तेल, विगत र पदयात्रा’ लेखकका बुबा बलबहादुुर र आमा लक्ष्मीमार्फत सार्वजनिक गरिएको हो ।

‘कसरी लेखिँदै छ चितवनमा आख्यान’ शिर्षकमा बहस भएको थियो । बसहमा सिम्रन क्षेत्री, सिर्जन अविरल, भूपिन, रेशम विरही र गणेश खनियाँ सहभागि थिए । उनीहरुले चितवनको आख्यानलाई अझ बलियो बनाउँदै लैजानुपर्ने धारणा राखे । कार्यक्रममा नेपालमा संघीयता कार्यान्वयनमा समस्या देखिएको विषयले पनि प्रवेश पायो । ‘मधेश र सत्ता’ शीर्षकमा चलेको बहसका क्रममा अधिकारकर्मीहरुले वर्तमान संघीयतालाई इञ्जिनबिनाको गाडीको संज्ञा दिए । यस बहसमा भोला पासवान, डा रामजी राम अन्जु झा र चन्द्रकिशोर सहभागि थिए ।

 

नेपालमा रैथाने भाषा विस्तारै लोप हुँदै गएको छ । नेपालमा अहिले १२५को हाराहारीमा जातजाति रहेका छन् । त्यसमध्ये १२३ वटा मात्रै मातृभाषा रहेका छन् । त्यसमा ७१ वटा भाषा संकटमा पुग्ने अवस्थामा रहेको बताइएको छ । संकटाउन्मुख १८, अत्यन्त संकटमा परेका भाषा ७ वटा रहेका छन् । नेपाल सरकारले २०२२देखि २०३२लाई आदिवासी भाषा दशक धारणा ल्याएको थियो । तर, त्यसबाटपनि उपलब्धि हुन सकेको छैन । यस विषयलाई समेट्दै ‘रैथाने भाषाको साहित्य’ विषयले समेत प्रवेश पायो । बहसमा मनोज चौधरी, नवीन विभास, प्रतिसरा सायमी, राजु स्याङतान र अभय श्रेष्ठ सहभागि थिए । उनीहरुले अरुको भाषा अपनाउँदै जाँदा आफ्नै भाषा गुमाउनुपरेको अनुभव सुनाए ।

चितवनको मानिसहरुको बसोवासको इतिहास त्यति लामो छैन । विभिन्न ग्रन्थमा लिच्छिविकालदेखि नै यहाँ मानिस बस्दै आएको बताईएपनि यहाँ प्रजातन्त्र स्थापनाभएपछि नै मानिसको बसोबास उल्लेख्य रुपमा भएको पाईन्छ । अहिले चितवनमा तिव्र सहरीकरण समेत बढ्दो अवस्थामा छ । यसलाई समेट्दै चितवनः ‘हिजो, आज र भोलि’ शिर्षकमा बहस चल्यो । पत्रकार रमेशकुमार पौडेलले सहजिकरण गरेको सत्रमा सरस्वती रिजाल, उषा तितिक्षु, प्रभात कुमार जोशीको सहभागिता रहेको थियो । चितवनमा बसोवासको इतिहासका विषयमा उनीहरुले प्रकाश पारे । प्रदीप अन्जानले निर्देशन गरेको नाटक स्वप्नवयान समेत प्रस्तुत गरिएको थियो । महोत्सवको अन्तिम सत्रका रुपमा ६ जना गजलकारहरुले आफ्नो प्रस्तुति दिएका थिए । जसमा २४ वटा गजल प्रस्तुत भएका थिए । विमर्श कंडेलले सहजिकरण गर्नभएको गजल बाचन सत्रका मिथिला प्याकुरेल, दिग्गज धौराली, लक्ष्मण संगम, मुक्त उदास, कृष्णप्रसाद अर्याल र इन्दिरा अधिकारीले चार÷चार वटा गजल प्रस्तुत गरेका थिए ।

यस्तै पहिलो दिन शुक्रवार ८ वटा प्रस्तुती भएका थिए । जसमा नारायणी कला मन्दिरमा लेखक एवम् अध्येता राधा पौडेलको विद्धत प्रवचनबाट सुरु भएको साहित्यिक महोत्सवमा घर गाउँको सिंहदरबार ः कति विकास, कति शासन ?, कृषिमा उद्यमशीलता ः कर्म र मर्म, न्यायको लामो लडाइ, महिलामाथिको हिंसा ः यथार्थ र भाष्य, नदी र भूमिगत जलाधारको दुर्दशा, यौनिक अल्पसंख्यक समुदाय ः अस्तित्व र आत्मसम्मानको खोजी विषयमा छलफल भएको थियो । सशस्त्र युद्धमा बेपत्ता पारिएका नागरिकको सम्झनामा थाहा ? नाटकसमेत प्रस्तुत गरिएका थिए । पहिलो दिन ८ वटा सत्रमा ३० जना वक्ताहरुले बहस र विमर्शका थिए । २३ कविले कविता वाचनसमेत गरेका थिए ।

–00–

 

Share:

सम्बन्धित समाचारहरु