चितवनमा सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी, आकाश धुवामय

चितवन । चितवनको आकाश आज धुवामय बनेको छ। जेनजीको समूहले विभिन्न सरकारी कार्यालयमा तोडफोड तथा आगजनी गरेपछि फैलिएको धुवाँले आकाश ढाकेको हो।

जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला अदालत, सरकारी वकिलको कार्यालय, भरतपुर महानगरपालिका, वडा कार्यालयहरू, मालपोत कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात व्यवस्थापन कार्यालय, जिल्ला समन्वय समिति, कृषि ज्ञान केन्द्र र सहकारी डिभिजन कार्यालयसम्म तोडफोड तथा आगजनी भएको छ।

जिल्ला प्रशासन कार्यालयमा रहेका कुनै पनि कागजपत्र बाँकी नरहेको बताइएको छ। मालपोत कार्यालयका सबै अभिलेख जलेर नष्ट भएका छन् भने निर्वाचन कार्यालयमा समेत आगजनी गरिएको छ।

यस घटनापछि चितवनको सरकारी संरचना र अभिलेख व्यवस्थापनमा ठूलो क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु