काठमाडौं। गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्।
सोमबार जेनजीको प्रदर्शनका क्रममा प्रहरीको गोली लागी १९ जनाको मृत्यु भएपछि उनले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। कांग्रेसको बैठकपछि सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा लेखकले राजीनामा बुझाएका हुन्।


