विराटनगर। सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारविरुद्ध आन्दोलनमा उत्रिएका युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिका कार्यालयमा आगजनी गरेका छन्।
सोमबार दिउँसो पालिका परिसरमा प्रवेश गरेका प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइफायर गरेको थियो। तर, झनै आक्रोशित बनेका प्रदर्शनकारीले मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा आगो लगाइदिएका हुन्।
उपमहानगरपालिकाका अनुसार, आगो नियन्त्रणमा आउन सकेको छैन।
इटहरीको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ। –00–


