गोरखा रात्रिबस दुर्घटना अपडेट : चार जनाको अवस्था गम्भीर

गोरखा । काठमाडौंबाट आरुघाट सोतीतर्फ जाँदै गरेको रात्रिबस भीमसेन थापा गाउँपालिका–३ मा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

बा. ०१–००६ ख ४१३१ नम्बरको बस आज बिहान टारीफाँटमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए । बसमा २२ जना सवारमध्ये २१ जना घाइते भएका हुन् ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि रिफर गरिएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ । गम्भीर घाइते हुनेहरुमा भारत बिहारका अलि आलम, चालक जग बहादुर थापा मगर, आरुघाट–६ का दीपक गुरुङ र सहचालक दुर्गा बहादुर खत्री रहेका छन् । अन्य १७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बस दुर्घटनामा ज्यानको ठूलो क्षति हुन सक्ने भए पनि रुखमा अड्किएको कारण यात्रुहरू जोगिएका बसमा सवारहरुले बताएका छन् ।

–00–

Share:

सम्बन्धित समाचारहरु