प्रचण्ड: थारू समुदायका लागि गण्डकीमा विशेष वा स्वायत्त क्षेत्र आवश्यक

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति र इतिहास जोगाउन गण्डकी प्रदेशमा थारूका लागि विशेष वा स्वायत्त क्षेत्र आवश्यक रहेको बताए।

नवलपुरमा आयोजित थारू परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहमा उनले भने, “थारूहरूको संख्या कम भएको कारण प्रदेश र सङ्घमा प्रतिनिधित्व असम्भव छ, त्यसैले विशेष क्षेत्र दिनुपर्छ।”

अध्यक्ष दाहालले संविधानमा भएका संरक्षण सम्बन्धी व्यवस्था कानुन नभएका कारण कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै थारू समुदायका बाँकी अधिकार स्थापित गर्न आफू लागिपर्ने बताएका छन्। अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरूको ठिकसँग कार्यान्वयन हुन नसकेको बताए। संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भए पनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको बताए ।–00–

Share:

सम्बन्धित समाचारहरु