लिपुलेक मामिलामा राष्ट्रिय सहमति जुटाएर भारत–चीनसँग प्रष्ट कुरा राख्ने ओलीको घोषणा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी मुद्दामा राष्ट्रिय सहमति जुटाएर भारत र चीनसँग स्पष्ट संवाद गर्ने बताएका छन् ।

एमाले काठमाडौं जिल्लाका अगुवा नेताहरुसँग शनिबार साँझ बालुवाटारमा भएको भेटमा ओलीले राष्ट्रिय सहमति मात्र नभई संसद्को विश्वास पनि लिएर चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्ट र बलियो कुरा उठाउने बताए ।

भेटमा सहभागी एमाले केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरका अनुसार नेताहरूले प्रधानमन्त्रीसँग भारत र चीन भ्रमणका क्रममा लिपुलेक विषयमा गम्भीररूपमा प्रस्तुत हुन आग्रह गरेका थिए ।

भेटपछि मानन्धरले भने, “प्रधानमन्त्रीज्यूले १४ गते संसद्मा कुरा राख्ने र त्यसको विश्वासका आधारमा दुवै देशका नेतासँग बलियो तर्क राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।”–00–

Share:

सम्बन्धित समाचारहरु