टिकौलीमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु

चितवन, भदौ ३–

पूर्वी चितवनको टिकौलीमा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
रत्ननगर नगरपालिका वडा नं ६ र ८ को सिमानामा पर्ने खगेरी पुल नजिकै आज बिहान करिब साढे ५ बजेको समयमा बोलेरोको ठक्करबाट एक बृद्ध व्यक्तिको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्ग पार गर्ने क्रममा स्थानीय ७१ वर्षीय खड्क बहादुर राना मगरको बोलेरोको ठक्करबाट मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिए ।

बोलेरोको ठक्करबाट घाइते भएका मगरको उपचारका लागि भरतपुर अस्पतालतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बृद्धलाई ठक्कर दिएर बोलेरो फरार रहेको र खोजी कार्य जारी रहेको अधिकारीले बताए । दुर्घटनापछि स्थानीयले केहिबेर राजमार्ग अवरुद्ध गरेका थिए ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु