पहिलो अभ्यास खेलमा नेपाल विजयी, अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको जित

काठमाडौं । पहिलो अभ्यास खेलमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरीटरीमाथि ४१ रनको शानदार जित निकालेको छ। नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याउने क्रममा टेरीटरीको टोली १७ ओभर २ बलमा १ सय ३६ रनमै समेटिएको हो।

नेपालको जितमा स्पिनर सन्दीप लामिछाने चम्किए। उनले ४ ओभर बलिङ गर्दै ३१ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए। साथै, करण केसीले २ विकेट, रुपेश सिंह र कुशल भुर्तेलले एक–एक विकेट हात पारे।

ब्याटिङतर्फ टेरीटरीका जेक स्मिथले सर्वाधिक ५० रन बनाए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रनको योगफल खडा गरेको थियो। नेपालका ओपनर आसिफ शेखले सर्वाधिक ६९ रन जोडे।

Share:

सम्बन्धित समाचारहरु