चितवन । ४६ वर्षअघि स्थापना भएको कालिका नगरपालिकाको जुटपानी प्रहरी चौकी अब इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि हुने भएको छ। यो हाल कालिका नगरपालिकाको वडा नं. ७ मा छ । यसलाई स्थानीयवासीदेखि नगरप्रमुखसम्मले ऐतिहासिक उपलब्धीका रूपमा लिएका छन्।
जुटपानीस्थित प्रहरी चौकी २०३६ सालमा स्थापना भएको थियो। त्यसयता यहाँ प्रहरी नायव निरीक्षक (सई) स्तरका अधिकृतहरूले मात्र कमाण्ड समाल्दै आएका थिए। लामो समयदेखि इलाका प्रहरी कार्यालयमा उन्नत गर्नुपर्ने माग उठ्दै आएको थियो तर कार्यान्वयन हुन सकेको थिएन। निरन्तर पहल र राजनीतिक दलहरूको सहमतिको परिणामस्वरूप जुटपानी चौकीलाई इलाका प्रहरी कार्यालयको रुपमा प्रस्तावित गर्दै प्रहरी निरीक्षकस्तरको अधिकृतले नेतृत्व पाएका छन् । आजदेखि प्रहरी निरीक्षक मनिष श्रेष्ठले यहाँको कमाण्ड सम्हालेका छन्।

श्रेष्ठलाई एक भव्य समारोहबीच पदस्थापन गरिएको थियो। कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीयवासीको उपस्थिती उल्लेखनीय थियो।
कार्यक्रमलाई संवोधनगर्दै कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले जुटपानी चौकी स्तरबृद्धीहुनु नगरबासीका लागि ठूलो उपलव्धी भएको बताउनुभयो । लामो समयदेखि पटक पटक इलाका प्रहरी चौकीको माग उठाइएपनि कार्यान्वयन हुन सकेको थिएन । स्थानीय राजनीतिक दलहरुको सहमति अनुसार इलाका प्रहरी कार्यालयका लागि पटक पटक माइन्यूट गरेर पठाएपनि संवोधन भएको थिएन ।
यो पटक नगर प्रमुख आफै आइजिपी दिपक थापासँग कालिका नगरपालिकामा शान्ति सुरक्षाका लागि इलाका प्रहरी कार्यालय आवश्यक रहेको माग गरेपनि सुनुवाइ नभएको गुनासो गर्नुभएकाे थियो ।
प्रहरी निरीक्षक श्रेष्ठको कमाण्डले कालिकामा थप शान्ति सुरक्षा कायमहुनेमा विश्वास व्यक्तगर्नुभयो । नागरिकको सुरक्षाका लागि प्रहरीलाईगर्नुपर्ने सबै खालका सहयोगगर्न नगरपालिका तयार रहेको स्पष्टपार्नुभयो । नगरपालिका स्थानीय सरकार भएकाले नगरभित्रका प्रहरीलाई साथ सहयोगदिन कुनै कन्चुस्याईनगरिने बताउनुभयो ।

प्रहरीलाई कार्य सम्पादनमा सहज होस भनेर नागरिकको सुरक्षामा परिचालनहुन सवारी साधनको समेत व्यवस्थापनगर्न नगरपालिका सफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीसँगै रहेको पुरानो विग्रिएर बसेको गाडीलाई नगरपालिकाले खर्च गरेर मर्मतगरेर प्रहरी चौकीलाई बुझाइसकेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले लामो समयदेखि स्थानीयवासीले इलाका प्रहरी कार्यालयको माग गर्दै आएको स्मरण गर्दै अहिले त्यो माग पूरा भएकोमा खुशी व्यक्त गर्नुभयो। “हामीले पनि पटक–पटक प्रश्नको सामना गर्नुपर्थ्यो — ‘कालिकामा इलाका प्रहरी कार्यालय कहिले बन्छ ?’ अब त्यस प्रश्नको जवाफ पाइयो,” उहाँले भन्नुभयो। “अब कालिकाले अब्बल निरीक्षक पाएको छ। सुरक्षा बिना समाज परिकल्पना गर्न सकिँदैन। सुरक्षा राम्रो भएको ठाउँमा मात्र विकासले गति लिन्छ।

इलाका प्रहरी कार्यालयमा स्तरवृद्धि भएपछि यहाँको दरबन्दी, साधनसामग्री र संरचनात्मक व्यवस्था विस्तारै थपिने अपेक्षा गरिएको छ। यसले नगरभित्र शान्ति–सुरक्षा व्यवस्थापन थप प्रभावकारी हुने विश्वास छ उहाँले भन्नुभयो ।
इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले सामान्यतया चौकीमा इन्सपेक्टर दरबन्दी नरहने तर जुटपानीमा यस्तो अवसर मिलेको पहिलो पटक भएको बताउनुभयो। उहाँका अनुसार नेपाल–भारत सीमा नजिकका चौकीहरूमा मात्र निरीक्षक रहने प्रचलन थियो। “अब निरीक्षक सर आएपछि यसको अर्थ यहाँको दर्जा बढ्यो। सुरक्षा पनि मजबुत हुन्छ भन्ने अपेक्षा गर्न सकिन्छ,” अवाले भन्नुभयो- स्थानीय सरकार, नागरिक र प्रहरी मिलेर मात्र सुरक्षा सुनिश्चित गर्न सकिन्छ।

सुरक्षा भन्ने विषय जनता र प्रहरीसँगसँगै मिलेर जाने विषय रहेको उहाँले बताउनुभयो । चौकीमा प्रहरीको दरबन्दी मात्रै बढेर नहुने त्यसका लागि आवश्यक उपकरण, साधनहरु विस्तारै विस्तारै आउँछ भन्ने अपेक्षागर्दै प्रहरी नायव उपरीक्षक अवाले प्रस्तावित इलाका प्रहरी कार्यालय संचालन र व्यवस्थापनको अपनत्व नगरपालिकाले ग्रहणगर्नुपर्ने बताए ।
केन्द्रले दिने त आफ्नो ठाउँमा छ । तर यो प्रहरी यहिँको हो । यहिँको लागि कामगर्ने भएपछि यहाँको शान्ति सुरक्षाको मुख्य जिम्मेवारी भनेको स्थानीय सरकारको प्रमुख र अन्य अंगहरुको बताउनुभयो । प्रहरीलाई चुस्त दुरुस्त बनाउने काम चाहिँ अबका दिनमा स्थानीय सरकारको हुने छ -उहाँले थप्नुभयो ।
कार्यक्रममा कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाई, वडा अध्यक्षहरू, नगर कार्यपालिका सदस्यहरू, विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रम वडा नं. ७ का वडा अध्यक्ष कमलराज मोक्तानको अध्यक्षतामा आयोजना गरिएको हो ।

—000—


