चितवनबासीलाई अभिभावकविहीन भएको महसुस नगर्न सांसद सोविता गौतमको आग्रह (भिडियो सहित )

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले चितवनबासीलाई अभिभावकविहीन भएको महसुस नगर्न आग्रह गरेकी छन्।

पार्टीको चितवन कमिटीले भरतपुरमा आज आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सांसद गौतमले राज्यले प्रतिशोध साँधेर चितवनलाई अभिभावकविहीन बनाउने प्रयास गरेको भए पनि यसले चितवनबासीको मनोबल कमजोर पार्न नसक्ने बताइन् ।

कार्यव्यस्तताका बीचपनि “ हाम्रो दिदीबहिनीले अभिभावकविहीन भयौं भनेपछि म यहाँ आएको हुँ। तपाईंहरू अभिभावकविहीन भएको महसुस नगर्नुहोस्। हामी राज्यको प्रतिशोधको सिकार भएका हौं, अभिभावकविहीन भने होइनौं।” उनले भनिन् ।

सांसद गौतमले पार्टी अध्यक्ष रवि लामिछानेले देखाएको भिजन पूरा गर्न चितवनबासी अघि बढ्नुपर्नेमा जोड दिइन ।

रास्वपा हाल संघर्षको स्थितिमा भए पनि आगामी चुनावमा चितवनबासीले रवि लामिछानेको नेतृत्वमा अघि बढ्ने अवसर पाउने उनले दावी गरिन । राज्यले गरेको प्रतिशोध साधेर रवि लामिछानेलाई किन थुनेको भनेर राज्यसँग जवाफ माग्ने होइन अब २०८४ सालको चुनावमा ज्वालामूखी बनेर देखाउनुपर्ने बताइन । राष्ट्रिय स्वतन्त्रपार्टी माथी रवि लामिछानेलाई मात्रै होइन अहिले ठूलापार्टी र सत्तामा रहेकाहरुले आफ्नो पार्टीवाट उप सभामूखको जिम्मेवारी पाएको इन्दिरा रानामाथीपनि आक्रमणगर्न थालेको आरोप लगाईन ।

 

Share:

सम्बन्धित समाचारहरु