भरतपुर–२ मा धर्मध्वज आमा अचार तथा अर्गानिक कोसेली घर उद्घाटन

रेशम सापकोटा – सेतो नेपाल
चितवन, ४  भाद्र । भरतपुर महानगरपालिका–२ क्षेत्रपुरस्थित धर्मध्वज आमा समूहले “स्वाद, स्नेह र सम्झनाको संगम” भन्ने मूल नारासहित धर्मध्वज आमा अचार तथा अर्गानिक कोसेली घरको आज एक विशेष कार्यक्रमबीच उद्घाटन गरेको छ।

कोसेली घरको उद्घाटन भरतपुर महानगरपालिका–२ का वडा अध्यक्ष मनोज रानाभाटले गर्नुभयो। उद्घाटन समारोहको सभाध्यक्ष धर्मध्वज आमा कोसेली घरकी अध्यक्ष उमिता गुरुङ रहनुभएको थियो। कार्यक्रममा पदमबहादुर गुरुङलगायत स्थानीय समाजसेवी तथा प्रतिष्ठित व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै वडा अध्यक्ष रानाभाटले महिलाहरू उत्पादनमूलक क्षेत्रमा सक्रिय हुनु समाजका लागि प्रेरणादायी रहेको बताउनुभयो। उहाँले भन्नुभयो, “धर्मध्वज आमा समूहले अचारजस्ता स्थानीय उत्पादनलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म पुर्‍याउन सक्षम भएको छ।

यस कदमले आत्मनिर्भरता, उद्यमशीलता र स्थानीय उत्पादनको सम्मान बढाउने मात्र होइन, सम्पूर्ण समाजलाई सकारात्मक सन्देश दिएको छ। धर्मध्वज आमा अचार तथा अर्गानिक कोसेली घरमार्फत हाल विभिन्न स्वादका अचारहरू उत्पादन गरी बजारमा उपलब्ध गराइँदै आएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु