काठमाडौं,२३ साउन । नेपाली बजारमा सुनको मूल्य आज नयाँ रेकर्डमा पुगेको छ। एकैदिन तोलामा १ हजार रुपैयाँले बढेको सुनको मूल्य २ लाख नजिक पुगेको हो।
सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको मूल्य १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तोलाको मूल्य १ लाख ९७ हजार ४ सय रुपैयाँ मात्र थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ३२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔंस ३,३९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। –0–


