तुर्कमेनिस्तान। तुर्कमेनिस्तानको अवाजा सहरमा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी भएर प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन्।
प्रधानमन्त्री ओली तुर्कमनेबासी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेका हुन्। उनलाई स्थानीय समय अनुसार बिहान ८:३० बजे तुर्कमेनिस्तानका उपप्रधानमन्त्री रहसित मेरेडोभले बिदाइ गरेका थिए।
दुबई हुँदै प्रधानमन्त्री ओली आज राति ११:०५ बजे नेपाल आइपुग्ने कार्यक्रम छ।
साउन २० देखि २३ गतेसम्म आयोजित उक्त सम्मेलनमा नेपाल अध्यक्ष रहेको एलएलडिसी समूहको तर्फबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए। उनले सम्मेलनका क्रममा विभिन्न मुलुकका प्रतिनिधिमण्डलका प्रमुखहरू, संयुक्त राष्ट्रसंघका पदाधिकारी तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए। –00—

