झलनाथ खनालको टिप्पणी : “पार्टी छाड भन्नु भन्ने कल्पनै थिएन”

काठमाडौं, १७ साउन। नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालबाट आफूलाई पार्टी छाड्न भनिएको कुरा कल्पनाबाहिरको भएको बताएका छन्।

एक पत्रकार सम्मेलन गर्दै नेता खनालले आफ्नो पछिल्लो अन्तर्वार्ताका कारण पार्टीमा विवाद उत्पन्न भएको भए बैठक बोलाएर छलफल गर्नुपर्ने सुझाव दिएका थिए। उनले पार्टी अध्यक्ष नेपालबाट आफूलाई छाड्न भनिएको कुरा निकै आपत्तिजनक भएको उल्लेख गरे।

“मैले त अध्यक्षज्यूलाई भव्य नेताको रूपमा हेरेको थिएँ,” उनले भने, “तर यति तल्लो स्तरको सोच उहाँसँग अझै पनि रहेको रहेछ भन्ने लाग्यो। उहाँले मेरो अन्तर्वार्ता सुनेर सीधै पार्टी छाड्न आदेश दिनुभयो रे! के नेताको हैसियत यही हो? आदेश दिँदैमा कोही पार्टी छाडिहाल्छ?”

नेता खनालले अध्यक्ष नेपालप्रति संकेत गर्दै पार्टी सञ्चालन गर्न सक्ने क्षमता नभए स्वेच्छाले मार्ग प्रशस्त गर्न सुझाएका छन्।

पछिल्ला दिनमा एकीकृत समाजवादीभित्रको आन्तरिक असमझदारी खुल्ला रूपमा देखा पर्दै गएको छ। –00–

Share:

सम्बन्धित समाचारहरु