सुनकोशीमा हामफालेका वृद्ध अझै बेपत्ता

काभ्रेपलाञ्चोक,  १७ साउन । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ स्थित सुनकोशी नदीमा हामफालेका एक वृद्ध बेपत्ता भएका छन्।

सरमथली माझीटोलका ७० वर्षीय गणेश माझी शनिबार दिउँसो मलुवा भन्ने स्थानबाट नदीमा हामफालेको प्रत्यक्षदर्शीले बताएपछि प्रहरीलाई खबर गरिएको थियो। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी मिन घलेका अनुसार पचुवारघाट प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा बेपत्ता माझीको खोजी कार्य जारी छ।

तर अहिलेसम्म उनको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ।


प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। -00–

Share:

सम्बन्धित समाचारहरु