चितवन, १७ साउन । फोटोग्राफरहरूको छाता संस्था चितवन फोटोग्राफी संघको १५औं अधिवेशन तथा ४४औं साधारण सभा आजदेखि सुरु भएको छ। अधिवेशनसँगै तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयनको प्रक्रिया पनि अघि बढेको छ।
अध्यक्ष पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन् – अध्यक्षमा हरिचन्द्र पन्त र संघका सल्लाहकार समिति संयोजक रहनुभएका ईश्वरी प्रसाद घिमिरे । उहाँहरू दुवैजना अध्यक्षपदमा उम्मेदवारी दिनुभएको छ ।

त्यस्तै, उपाध्यक्ष पदमा कृष्णप्रसाद सापकोटा र विपिन खतिवडाले उम्मेदवारी दिनुभएकाे छ । खतिवडा निर्वतमान सचिव हुनुहुन्छ ।

यस्तै सचिव पदमापनि दुईजनाकाे उम्मेदवारी परेको छ । निवर्तमान सहसचिवकाे भूमिका निर्वाह गरिसकेका रमेश घिमिरे र सदस्य पदमा रहेका प्रकाश घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ।

यस्तै काेषाध्यक्ष पदका लागि निवर्तमान कोषाध्यक्ष प्रवेश घिमिरे र लेखा समिति संयोजक रत्नबहादुर बस्नेत, र निरञ्जन भण्डारीले उम्मेदवारी दिनुभएकाे छ ।
सह–सचिव पदमा सूर्य काफ्ले निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सदस्य पदमा रामकुमार कार्की, निरोज भण्डारी, पूर्णभद्र सुवेदी, विकास सापकोटा र सुपथ अधिकारी पनि निर्विरोध चयन भएका छन्।

११ सदस्यीय नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अघि बढाइँदैछ। निर्वाचन समिति संयोजक चन्द्रकान्त ओझाका अनुसार अहिले सर्वसम्मतबाट समिति चयन गर्ने प्रयास जारी छ।
नेपाल फोटोग्राफर महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्रीराम कंडेलका अनुसार उम्मेदवारी दर्ता सकिएको छ भने फिर्ता लिने विषयमा छलफल भइरहेको छ।

“भोलिसम्म सहमतिको प्रयास हुनेछ, यदि सहमति जुटेन भने पर्सि १९ गते निर्वाचन प्रक्रिया अघि बढाइनेछ,” कंडेलले जानकारी दिनुुभयाे ।

–00–


