१२ कक्षाको नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं, १५ साउन। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा २५ साउनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ।

शैक्षिक क्यालेन्डर अनुसार नतिजा १५ साउनभित्रै प्रकाशित हुनुपर्ने भए पनि गत चैत २० देखि सुरु भएको शिक्षक आन्दोलनका कारण करिब १० दिन ढिला हुने भएको हो। आन्दोलनका कारण परीक्षा तय गरिएको मितिभन्दा पछि सर्‍यो, जसको असर नतिजा प्रकाशनमा परेको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्मा अनुसार प्राविधिक काम तीव्र गतिमा भइरहेको छ। “२५ साउनभित्र नतिजा प्रकाशित गर्ने तयारीमा छौं,” उनले बताए। यस वर्षको परीक्षा ११ वैशाखमा सुरु हुने तालिका थियो। तर, शिक्षक आन्दोलनका कारण २१ वैशाखबाट मात्रै परीक्षा सञ्चालन भएको थियो। परीक्षामा ५ लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए।

शिक्षक महासंघले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै चैत २० गतेदेखि २९ दिनसम्म आन्दोलन गरेको थियो। यही आन्दोलनका कारण परीक्षाको मिति पछि सरेको र नतिजा प्रकाशनमा ढिलाइ भएको हो।—00—

Share:

सम्बन्धित समाचारहरु