रेशम सापकोटा- सेतो नेपाल
चितवन,११ श्रावण – अष्ट्रेलियाको एडिलेडमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनमा सुशिल रानाभाट ६५५ मत प्राप्त गर्दै युवासदस्य पदमा विजयी भएका छन्।
उहाँको जितले अष्ट्रेलियामा रहेका नेपाली युवामा नयाँ आशा र विश्वास जगाएको छ। रानाभाटले भविष्यमा एनआरएनएलाई “औपचारिकता मात्र नभई काम गर्ने संस्था” बनाउन चाहने बताए।
सेतो नेपालका संवाददाता रेशम सापकोटासँग टेलीफोनमा कुराकानी गर्दै रानाभाटले भन्नुभयो, “यो मेरो जित सङै सम्पूर्ण नेपालीको जित पनि हो। अब एनआरएनएलाई औपचारिकता मात्र होइन, उत्तरदायित्व र परिणाममुखी संस्था बनाउनु पर्छ।
म पदको लागि होइन, आगामी पुस्ताको भविष्यका लागि यहाँ आएको हुँ। नयाँ सोच र नयाँ ऊर्जा लिएर एनआरएनएलाई अगाडि लैजान चाहन्छु। म युवालाई नेतृत्वमा समावेश गराउन चाहन्छु र उनीहरूको आवाजलाई निर्णय तहसम्म पुर्याउनका लागि काम गर्नेछु। हामी सबै मिलेर प्रवासी नेपाली समुदायलाई एकजुट गर्दै भविष्यमा सफल बनाउने प्रयासमा लाग्नेछौं।”
रानाभाट, जो माडी नगरपालिका-७, देवेन्द्रपुरका स्थायी बासिन्दा हुन्, अष्ट्रेलियामा रहेर नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षणमा जोड दिँदै आउनुभएको छ।
जितसँगै प्रवासी नेपाली समुदायमा नेपाली युवाहरूको नेतृत्वको नयाँ युगको शुभारम्भ भएको छ। अष्ट्रेलियामा रहेका नेपाली युवाले “Vote for Youth – Vote for the Future!” भन्ने नारा लिएर सुशिललाई समर्थन गरेका थिए । उहाँको जितले एनआरएनएको नेतृत्वमा युवा ऊर्जा र नयाँ विचार ल्याउने विश्वासको संकेत दिएको छ। –00–


