तराई–मधेस सुक्खाग्रस्त क्षेत्र घोषणा भएसँगै प्रधानमन्त्री ओलीको स्थलगत निरीक्षण

महोत्तरी, ९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज तराई–मधेसको सुक्खाग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको छ।

निरन्तरको खडेरीका कारण धान रोपाइँ प्रभावित भएपछि उत्पन्न समस्या बुझ्न प्रधानमन्त्री ओलीले साउन ७ गते बसेको मन्त्रिपरिषद् बैठकपश्चात् अवलोकन भ्रमण सुरु गर्नुभएको हो।

सो बैठकले आगामी तीन महिनाका लागि मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो। वर्षा नहुँदा खेती प्रभावित भएकाले त्यसको समाधान खोज्न प्रधानमन्त्री ओलीले यसअघि नै सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका प्रतिनिधि र उच्च अधिकारीहरूसँग विस्तृत छलफल गर्नुभएको थियो।

प्रधानमन्त्री ओली आज महोत्तरीका साथै बारा जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा समेत सहभागी हुनुहुनेछ।–00

Share:

सम्बन्धित समाचारहरु