पत्रकार महासंघ चितवनद्वारा अक्षयकोष स्थापना, अध्यक्ष पराजुलीको २५ हजार रुपैयाँबाट सुरुवात

चितवन, ८ साउन ।  नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरूको स्वास्थ्य तथा आपतकालीन अवस्थामा सहयोग पुर्‍याउने उद्देश्यसहित कल्याणकारी अक्षयकोष स्थापना गरेको छ।

महासंघ चितवन शाखाका अध्यक्ष बसन्तराज पराजुलीले कोषमा २५ हजार रुपैयाँ जम्मा गरी यसको औपचारिक सुरुवात गरेका हुन्। उक्त रकम बिहीबार शाखाका कोषाध्यक्ष कृष्ण आचार्य र सचिव राजेश घिमिरेलाई हस्तान्तरण गरिएको छ।

अध्यक्ष पराजुलीका अनुसार कोषको पहिलो चरणमा १० लाख रुपैयाँ पुर्‍याउने लक्ष्य लिइएको छ भने निकट भविष्यमा एक करोड रुपैयाँ पुर्‍याउने योजना रहेको छ।
उनले भने, “कोषमार्फत आपतविपद्, गम्भीर रोगका कारण उपचारमा समस्या झेलिरहेका पत्रकारहरूलाई प्रत्यक्ष आर्थिक सहयोग गरिनेछ।”

महासंघले सबै पत्रकार, सञ्चारकर्मी, संस्था, समुदाय र शुभेच्छुकहरूलाई यो अभियानमा जोडिन सार्वजनिक आह्वानसमेत गरेको छ।

सहयोग कसरी गर्ने?

अक्षयकोषमा रकम जम्मा गर्न चाहनेले नेपाल पत्रकार महासंघ चितवन शाखाको प्राइम बैंक, भरतपुर शाखास्थित निम्न बैंक खातामा रकम जम्मा गर्न सक्नेछन्:

  • खाताको नाम: Federation of Nepali Journalists – Chitwan

  • बैंक खाता नम्बर: ००३०१००००००१७२४००१७०

  • बैंक: प्राइम कमर्सियल बैंक, भरतपुर शाखा

महासंघका अनुसार कोषमा जम्मा भएको रकम तथा सहयोग गर्ने व्यक्तिहरूको नाम महासंघ चितवन शाखाको वेबसाइटफेसबुक पेजमार्फत सार्वजनिक गरिनेछ।–00–

Share:

सम्बन्धित समाचारहरु