साहित्य क्षेत्रमा योगदानको कदरमा चितवनका दुई स्रष्टा पुरस्कृत

चितवन, ३२ असार ।  

चितवनका साहित्यकार प्रा. डा. लक्ष्मणप्रसाद गौतम र रेशम विरही संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट महाकवि देवकोटा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका छन्। गौतमले निबन्ध विधामा र विरहीले भाषा-साहित्य सेवा विधाबाट जनही एक लाख रुपैयाँ राशिको पुरस्कार पाएका हुन्।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक गौतमका दर्जनभन्दा बढी समालोचना र अनुसन्धानमूलक कृतिहरू प्रकाशित छन्। गोरखामा जन्मिएर चितवनमा सक्रिय विरहीले पनि कविता, निबन्ध र उपन्यास विधामा उल्लेखनीय योगदान दिएका छन्। उनले साउनमा नयाँ उपन्यास पाश्र्वध्वनि ल्याउँदै छन्। पुरस्कारप्रति खुशी व्यक्त गर्दै उनले लेखन यात्रा निरन्तर चलिरहने बताए।

Share:

सम्बन्धित समाचारहरु