त्रिशूली किनारमा शव फेला, रसुवा बाढीमा बेपत्ता व्यक्तिको हुनसक्ने आशंका

चितवन,२५ असार । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा त्रिशूली नदीको किनारमा एक पुरुषको शव फेला परेको छ।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अन्दाजी ४५ देखि ५० वर्ष उमेरका पुरुषको शव बिहीबार फेला परेको हो। सशस्त्र प्रहरी बल नेपाल, अस्थायी सुरक्षा बेस भालढुंगाबाट खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलिले घटनास्थलमा पुगेर आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई भरतपुर अस्पताल पठाइएको थापाले जानकारी दिए।

हालसम्म शवको पहिचान खुल्न सकेको छैन। तर, उक्त शव असार २४ गते रसुवाको भोटेकोशीमा आएको बाढीपछि बेपत्ता भएका मध्ये कसैको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु