अमेरिकाको टेक्सासमा भीषण बाढी : १३ जनाको मृत्यु, २० बालबालिका बेपत्ता

अमेरिकाको टेक्सासमा भीषण बाढी : १३ जनाको मृत्यु, २० बालबालिका बेपत्ता

टेक्सास, अमेरिका — अमेरिकाको टेक्सास राज्यमा आएको भीषण बाढीका कारण हालसम्म १३ जनाको मृत्यु भएको छ भने २० जना बालबालिका बेपत्ता भएका छन्।

स्थानीय प्रशासनका अनुसार बाढीबाट प्रभावित क्षेत्रहरूमा उद्धार कार्य तीव्र पारिएको छ। टेक्सासका लेफ्टिनेन्ट गभर्नर ड्यान पेट्रिकले बताएका छन्, “बाढी प्रभावित क्षेत्रमा खोजतलास कार्य तीव्र बनाइएको छ। उद्धारका लागि हेलिकप्टरसहितको विशेष टोली परिचालन गरिएको छ।”

उनका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने सम्भावना छ। बाढीका कारण सडकहरू जलमग्न हुँदा उद्धार टोलीलाई बेपत्ताहरूको खोजी कार्यमा कठिनाइ भइरहेको छ।

अमेरिकी मौसम विभागले पश्चिमी टेक्सास क्षेत्रमा आगामी केही घण्टासम्म बाढीको अवस्था अझ गम्भीर बन्ने चेतावनी दिएको छ। स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

 

Share:

सम्बन्धित समाचारहरु