काठमाडौं ,१३ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने तयारी गरेको छ।
बोर्डले केहीबेरअघिमात्र सम्पन्न बैठकमार्फत आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी आजै नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माले नतिजा आज साँझ साढे ५ बजेपछि सार्वजनिक गरिने जानकारी दिएका छन्। यस वर्षको एसईईमा करिब ५ लाख विद्यार्थी सहभागी भएका थिए। बोर्डले नतिजा प्रकाशित गर्न आवश्यक सबै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।



