कालिका नगरपालिकाको नगरसभाः

कालिकाको आर्थिक वर्ष ०८२-०८३ को नीति तथा कार्यक्रम सार्वजनिक, ९५ करोडबढीको प्रस्तावित बजेट पारित

कालिका, ४ असार । चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२ – ०८३ का लागि नीति तथा कार्यक्रम पास गरेको छ । दोस्रो कार्यकालको सातौं नगर सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरको हो । महिला संजालको सभाहलमा आयोजना गरिएको नगर सभामा नगर प्रमुख विनोद रेग्मीले नीति तथा कार्यक्रम प्रस्तुतगर्नुभएको थियो । यस्तै नगरसभाले आर्थिक वर्ष २०८२-०८३ का लागि ९५ करोड ७ लाख २० हजार रुपैयाँ प्रस्तावित बजेट समेत पास गरेको छ । नगर उपप्रमुख विमला तामाङले प्रस्तुतगर्नुभएको प्रस्तावित बजेटलाई नगरसभाले पास गरेको हो ।

 

नगर सभामा विद्यायन समिति संयोजकहरुबाट छैठौं नगर सभा पश्चात हाल सम्म निर्णय भएका विभिन्न कानून तथा कार्यविधिहरु स्वीकृतिका लागि प्रस्ताव पेश भएको विषयलाई अनुमोदन समेत गरिएको छ । यस्तै सामाजिक विकास समिति संयोजक मकरमान श्रेष्ठ, पूर्वाधार विकास समिति संयोजक लक्ष्मण पौडेल, वातावरण तथा विपद् व्यवस्थापन समिति संयोजक वीरेन्द्र तामाङ, आर्थिक विकास समिति संयोजक दिपक सिंह परियार, लेखा समिति संयोजक टिकाराम रेग्मी, संस्थागत विकास र सुशासन समिति संयोजक दिपक वहादुर भट्टराईले विषयगत समितिबाट भएका काम र त्यसको प्रभावकारीता प्रस्तुत गरेका थिए ।

नगर सभामा देखिएको दृष्य यस्तो छ । फोटोकथा
तस्विरः सन्तकुमार चौधरी । सेतोनेपाल ।

 

Share:

सम्बन्धित समाचारहरु