चितवन, ३ असार । चितवनका सातवटै स्थानीय तहहरूमध्ये कालिका नगरपालिकाको बेरुजु सबैभन्दा कम रहेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनले देखाएको छ।
प्रतिवेदनअनुसार कालिका नगरपालिकाको कुल बेरुजु ५ करोड ६६ लाख ७९ हजार ३१७ रुपैयाँ रहेको छ। यो रकम जिल्लाभरका स्थानीय तहहरूमध्ये सबैभन्दा कम हो। अघिल्लो वर्ष कालिकाको बेरुजु १ करोड ४६ लाख ६९ हजार ६५९ रुपैयाँ थियो।
२०७९/८० मा कालिकाको बेरुजु १ करोड ७७ लाख १ हजार रुपैयाँ रहेको थियो भने त्यसभन्दा अघिल्लो वर्ष कालिकाले १३ लाख ३४ हजार ३४२ रुपैयाँ बेरुजु फछ्र्योट गरेको थियो। उल्लेखनीय कुरा के छ भने, नगरपालिका स्थापना भएको २०७४/७५ सालमा कालिकाको बेरुजु १० करोड २८ लाख रुपैयाँ थियो, जुन बेला जिल्लामै सबैभन्दा बढी थियो।
भरतपुर महानगरमा सबैभन्दा बढी बेरुजु
चितवनका स्थानीय तहहरूमा भरतपुर महानगरपालिकाको अद्यावधिक बेरुजु सबैभन्दा बढी, १ अर्ब ३ करोड ५३ लाख ८ हजार ४७२ रुपैयाँ पुगेको छ। महानगरको बेरुजु अघिल्लो वर्ष (२०७९/८०) मा ९३ करोड ५० लाख २९ हजार रुपैयाँ थियो। आर्थिक वर्ष २०८०/८१ मा मात्रै १० करोड २ लाख ७९ हजार ४४२ रुपैयाँ बेरुजु थपिएको देखिन्छ।
एकै वर्षमा सबैभन्दा बढी बेरुजु राप्तीमा
आर्थिक वर्ष २०८०/८१ को एकै वर्षको बेरुजु आधारमा हेर्दा राप्ती नगरपालिकाको बेरुजु सबैभन्दा बढी छ। एक वर्षमै १६ करोड ७३ लाख ७७ हजार ८०८ रुपैयाँ बेरुजु देखिएको छ।
राप्तीको हालसम्मको कुल बेरुजु ३६ करोड ३ लाख ७१ हजार ८०८ रुपैयाँ पुगेको छ।
अन्य नगरपालिकाको बेरुजु अवस्था
-
रत्ननगर नगरपालिका:
-
गत वर्षको बेरुजु – ४८ लाख ५६ हजार ६४९
-
अद्यावधिक बेरुजु – १० करोड २ लाख ७९ हजार ५५३
-
-
खैरहनी नगरपालिका:
-
गत वर्ष – १ करोड १६ लाख ६० हजार ७६४
-
अद्यावधिक – १२ करोड ८५ लाख ३ हजार ३२१
-
-
माडी नगरपालिका:
-
गत वर्ष – २ करोड १४ लाख ५८ हजार ९८६
-
अद्यावधिक – ४८ करोड १४ लाख ७३ हजार ९८६
-
-
इच्छाकामना गाउँपालिका:
-
अद्यावधिक बेरुजु – १० करोड ८० लाख ६४ हजार
-


