कार्यसम्पादनमा कमजोरी देखिएपछि डीएसपी शुभद्रा वाइबा नक्साल तानिइन्

काठमाडौँ, २२ जेठ । इलाका प्रहरी कार्यालय, सिमरामा प्रमुखका रूपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) शुभद्रा वाइबालाई कार्यसम्पादनमा कमजोरी देखिएको भन्दै प्रहरी प्रधान कार्यालयले नक्साल तानेको छ।

वाइबा पाँच महिनाअघि मात्र सिमरा प्रहरी प्रमुखको रूपमा खटिएकी थिइन्। उनको स्थानमा हाल जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत डीएसपी वेद जोशीलाई सिमरा पठाइएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाका अनुसार डीएसपी वाइबालाई विभागीय निर्णयअनुसार हेडक्वार्टर (काज) तानिएको हो। प्रहरी प्रधान कार्यालयले वाइबाको कार्यसम्पादन अपेक्षाकृत नभएको निष्कर्षसहित उनलाई फिर्ता बोलाएको जनाएको छ।

Share:

सम्बन्धित समाचारहरु