एमाले केन्द्रीय सचिवालय बैठक आज च्यासलमा, राजनीतिक विकास र बजेटमा छलफल हुने

काठमाडौं, ११ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आज आइतबार केन्द्रीय सचिवालयको बैठक बोलाएको छ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै आउँदै गरेको बजेटबारे छलफल हुनेछ। बैठकमा पार्टीको रणनीतिक धारणा निर्माण, सत्तारूढ गठबन्धनको समन्वय, र आगामी आर्थिक वर्षको बजेटका प्राथमिकतामाथि विचार विमर्श हुने नेताहरूले बताएका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु