चितवन, १६ बैशाख । बजेट अभावसँगै कार्यविधि नभएका कारण चितवन राष्ट्रिय निकुञ्जमा घाँसेमैदान व्यवस्थापनमा समस्या देखिएको छ ।
निकुञ्जभित्र १० हजार हेक्टर क्षेत्रफलमा घाँसे मैदान व्यवस्थापनको काम हुँदै आएपनि बजेट अभावले घाँसे मैदान व्यवस्थापनको काम क्षेत्रफलको हिसावले झन घट्दो क्रममा छ ।
चितवन राष्ट्रिय निकुञ्जले जंगली जनावरका लागि निकुञ्ज क्षेत्रभित्र घाँसेमैदान व्यवस्थापन तथा निर्माणको कामलाई प्राथमिकतामा राखेपनि यसका लागि विनियोजन हुँदै आएको बजेट अपुग चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवम सूचना अधिकारी गणेश प्रसाद तिवारीले जानकारी दिए । मानव र बन्यवन्तुबीच बढ्दै गइरहेको द्धन्दन्यूनिकरणगर्न घाँसे मैदानले सहयोग पुग्ने विश्वास छ ।
घाँसेमैदान व्यवस्थापन तथा निर्माणका लागि आवश्यक कार्यविधि नभएकाले पनि यो आयोजनालाई थप व्यवस्थित बनाउन नसकिएको प्रमुख संरक्षण अधिकृत दिलबहादुृर पुर्जा पुनले जानकारी दिए । उनका अनुसार चितवन राष्ट्रिय निकुञ्जले घाँसेमैदान व्यवस्थापन तथा निर्माणलाई लक्षित गरेर कार्यविधि बनाउन प्रस्ताव पठाइएको छ । मन्त्रीपरिषदको कार्यालयमा कार्यविधि प्रस्ताव पुगेको छ उनले भने, आशा छ कार्यविधि पास भएर आउनेछ ।
चितवन राष्ट्रिय निकुञ्जले चालु आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घाँसेमैदान तयारगर्ने योजना बनाएको छ ।
दुलर्भ वन्यजन्तु एकसिगें गैडा, पाटेबाघ, हरिणलगायतका जनावरको संरक्षणका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापनको कामलाई प्राथमिकतामा राखेको छ । तर घाँसेमेदान व्यवस्थापन तथा निर्माणका लागि विनियोजन हुने रकम प्रयाप्त छैन । चालु आर्थिक वर्ष २०७९/०८० मा नयाँ घाँसेमैदान निर्माणका लागि २५ लाख र व्यवस्थापनका लागि ३३ लाख बजेट विनियोजन भएको छ । बटेज अभावका कारण थोरै क्षेत्रमा घाँसे मैदान विस्तार गर्न लागिएको निकुञ्ज प्रशासनले जनाएको छ। यो वर्ष २ सय २५ हेक्टर क्षेत्रफलमा मात्रै घाँसेमैदान व्यवस्थापनको काम हुने बताइएको छ।



–00–


