देशका विभिन्न भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ,९ जेठ । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाले समेत आंशिक असर पुर्‍याइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसँगै देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ। बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

उक्त प्रदेशहरूका केही स्थान र अन्य प्रदेशका पहाडी भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भेगहरूमा एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको छ।

आज राति पनि कोशी, मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश लगायतका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रको मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ। रातिको समयमा पनि ती क्षेत्रका पहाडी भागहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाइएको छ।

Share:

सम्बन्धित समाचारहरु