सेतो नेपाल संवाददाता
धनगढी, २७ वैशाख । बाजुराको बुढीनन्दा नगरपालिकामा अज्ञात विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ।
शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियास्थित सुजारी पाताल सामुदायिक वनमा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। विस्फोटबाट गम्भीर घाइते भएकी जैशीलाई तत्काल उपचारका लागि कोल्टी अस्पताल पुर्याइएको थियो। तर, उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
विस्फोट कसरी र कुन अवस्थामा भएको भन्ने विषयमा अझै स्पष्ट जानकारी नआएको र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।–00–


