भारतको आक्रमणमा ७ पाकिस्तानीको ज्यान

कश्मीरमा तनाव: पाकिस्तानी आक्रमणमा ३ भारतीयको मृत्यु

 काठमाडौं,  २४ वैशाख । कश्मीर क्षेत्रमा पुनः एकपटक भारत–पाकिस्तानबीचको तनाव चर्किएको छ। पाकिस्तानी सेनाको आक्रमणमा परी तीन भारतीय नागरिकको ज्यान गएको भारतीय सेनाले जनाएको छ।

समाचार संस्था रोयटर्स र एएफपीले भारतीय सेनाको हवाला दिँदै कश्मीरमा भएको सो आक्रमणमा ती नागरिकको मृत्यु भएको उल्लेख गरेका छन्।

त्यसैगरी, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले बीबीसीसँग कुरा गर्दै भारतको जवाफी आक्रमणमा दुई बालबालिकासहित सात जनाको मृत्यु भएको जानकारी दिएका छन्। उनका अनुसार भारतले गरेको आक्रमणमा एक मस्जिदसहित थुप्रै स्थानहरूलाई निशाना बनाइएको थियो।

घटनापछि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले कडा प्रतिक्रिया जनाएका छन्। उनले भनेका छन्, “पाकिस्तानले भारतीय आक्रमणको निर्णायक जवाफ दिने पूरा अधिकार राख्छ।” कश्मीर सीमावर्ती क्षेत्रमा पछिल्ला केही महिनायता तनाव बढिरहेको छ, जसका कारण सर्वसाधारणको जनजीवन प्रभावित भइरहेको छ।–00–

Share:

सम्बन्धित समाचारहरु