सूच प्रविह्वाधिमा लनागानीको आन गर्दै प्रधानमन्त्री ओलीको जोड – “हामी आत्मविश्वासका साथ अघि बढ्न सक्छौं”

वैशाख १९, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत् र पूर्वाधारको विकास भइसकेको भन्दै सूचना तथा प्रविधिको क्षेत्रमा वैदेशिक लगानी गर्न लगानीकर्ताहरूलाई आग्रह गरेका छन्।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ को अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई प्रविधिमैत्री बनाउँदै सुशासन, सेवा प्रवाह र विकासलाई सूचना प्रविधिबाट सहज बनाउनु पर्नेमा जोड दिए। उनले एसईईमा ५२ प्रतिशत विद्यार्थी फेल हुनु चिन्ताजनक भएको उल्लेख गर्दै व्यक्तिगत प्रयासमा अनलाइन कक्षा सञ्चालन गरिएको अनुभव पनि सुनाए।

प्रधानमन्त्री ओलीले ‘डेटा’ सुरक्षाको महत्व औँल्याउँदै, अब आफ्नै स्याटेलाइट अन्तरिक्षमा पठाउने तयारी भइरहेको जानकारी दिए। उनले “हामी आत्मविश्वासका साथ अघि बढौँ, सूचना प्रविधिको सही उपयोगबाट देश समृद्धिको यात्रामा अघि बढ्नेछ,” भने।

कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेशको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)सवारीधनी प्रमाणपत्र (ब्ल्यू बुक) नागरिक एपमा समावेश गर्ने कार्यको शुभारम्भ गरे। साथै, प्रा.डा. शशीधर राम जोशी लगायत विभिन्न व्यक्ति तथा संस्थाहरूलाई राष्ट्रिय सूचना प्रविधि अवार्ड प्रदान गरिएको थियो।–00–

Share:

सम्बन्धित समाचारहरु