रिहा भए रेशम चौधरी, सर्वोच्चले भन्यो – पत्र आधिकारिक थिएन

काठमाडौं, १७ वैशाख। अचानक पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी साढे ४ घण्टा पछि रिहा भएका छन्।

आज दिउँसो सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको तयारी भइरहेका बेला चौधरीलाई कार्यक्रम स्थल प्रज्ञा भवन परिसर बाट प्रहरीले नियन्त्रणमा लिएको थियो। उनी पक्राउ परेको केही समयमै सर्वोच्च अदालतबाट जारी गरिएको भनिएको पत्र आधिकारिक नभएको पुष्टि भएपछि उनलाई रिहा गरिएको हो।

सर्वोच्च अदालत स्रोतका अनुसार उक्त पत्र ,प्रक्रिया विपरीत र शाखा अधिकृतको हस्ताक्षरमा – शंकास्पदु रूपमा जारी गरिएको पाइएको थियो। चौधरीलाई लिन उनकी श्रीमती रन्जिता श्रेष्ठ डिल्लीबजार कारागार पुगेकी थिइन्।
रिहा भएपछि उनलाई नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीका नेताहरू तथा कार्यकर्ताहरूले भव्य स्वागत गरेका थिए।

यसअघि सोही पत्रको आधारमा प्रहरीले चौधरीलाई नियन्त्रणमा लिई डिल्लीबजार कारागार पठाएको थियो। तर सर्वोच्चले स्पष्ट रूपमा भनेपछि —उक्त पत्र वैधानिक छैन, प्रक्रिया अनुसार जारी गरिएको होइन, उनलाई तुरुन्त रिहा गरिएको हो।

यस घटनाले अदालत, प्रशासन र राजनीतिक गठबन्धनबीचको समन्वयमा गम्भीर प्रश्न उठाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु