भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु

काठमाडौं, १६ वैशाख। भारतको मध्य प्रदेशमा इनारमा गाडी खस्दा १२ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मध्य प्रदेशको मन्दसौर क्षेत्रमा दुर्घटना भएको हो।

दुर्घटना हुँदा यात्रीहरू मन्दिरतर्फ जाँदै थिए। गाडी पहिले मोटरसाइकलसँग ठोक्किएको थियो। त्यसपछि चालकले नियन्त्रण गुमाउँदा नजिकैको इनारमा खसेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मोटरसाइकलका चालकको तत्कालै मृत्यु भएको छ। गाडीमा सवार यात्रीलाई बचाउन इनारमा हाम फालेका एक व्यक्तिको पनि मृत्यु भएको बताइएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ आर्थिक क्षतिपूर्तिको घोषणा गरेका छन्।–00–

Share:

सम्बन्धित समाचारहरु