काठमाडौं, १५ वैशाख। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आर्थिक वर्ष ०८२–०८३ को बजेटले आर्थिक क्षेत्रलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरेका छन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै सभापति देउवाले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्ने गरी बजेट ल्याइने बताए। व्यापारीले व्यापार र उद्योगपतिले उद्योग सञ्चालन गर्नुपर्ने बताउँदै सरकारले व्यापार र उद्योग सञ्चालन गर्ने होइन भन्ने धारणा व्यक्त गरे।
सभापति देउवाले भने, ‘व्यापारीले व्यापार गर्ने हो, उद्योगपतिले उद्योग खोल्ने हो। सरकारले व्यापार उद्योग गर्ने होइन। त्यसकारण निजी संस्थान हुनुपर्छ भन्ने मान्यता नेपाली कांग्रेसको रहेको छ। मलाई विश्वास छ, आर्थिक वर्ष ०८२–०८३ को बजेटले निजी क्षेत्रले उठाएका सवाललाई सम्बोधन गर्नेछ। आर्थिक क्षेत्रलाई थप चलायमान गराउनेछ भन्ने मैले विश्वास लिएको छु।’
उनले निजी क्षेत्रसँगको संवादबाट आगामी आर्थिक वर्षको बजेटलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वाससमेत व्यक्त गरे।–00–

