“डा. बाबुराम भट्टराई भारत प्रस्थान, प्रगतिशील नेपाली समाज अधिवेशनमा सहभागी हुने”

काठमाडौं, १३ वैशाख । पूर्वप्रधानमन्त्री एवं नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराई आज छिमेकी राष्ट्र भारत जाँदैछन्।

नेसपाकी उपाध्यक्ष मानुषी यमी भट्टराईका अनुसार डा. भट्टराई आज दिउँसो १ बजेको फ्लाइटमार्फत भारत प्रस्थान गर्न लागेका हुन्। अध्यक्ष भट्टराई भारतको फरिदावादमा हुने प्रगतिशील नेपाली समाज, भारत को अधिवेशनमा अतिथिको रूपमा सहभागी हुन जाँदैछन्। उक्त अधिवेशन भोलि आइतबारदेखि सुरु हुने कार्यक्रम छ।

अध्यक्ष भट्टराईसँगै नेसपाकी उपाध्यक्ष एवं विदेश विभाग प्रमुख मानुषी यमी भट्टराई र नेसपाका सचिव तथा प्रवास प्रदेश अन्तर्गत भारत इञ्चार्ज सन्देश कार्की पनि भारत जाने कार्यक्रम छ।–00–

Share:

सम्बन्धित समाचारहरु