भरतपुरमा बोलेरो जिप र स्कुटर ठोक्किँदा एक महिलाको मृत्यु

काठमाडौं, १२ वैशाख । चितवनको भरतपुर महानगरपालिका–७ स्थित प्रेमबस्ती चोकमा बोलेरो जिप र स्कुटर एक आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ।

ना ५ च २६४४ नम्बरको बोलेरो जिपले सोही दिशाबाट आउँदै गरेको ना ५४ प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी नरेशराज सुवेदीले जानकारी दिएका छन्। दुर्घटनामा परेर भरतपुर–६ इन्द्रपुरी निवासी ५२ वर्षीया लक्ष्मी वाग्लेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

जिप ठक्कर दिएपछि सडकमै पल्टिएको थियो र पल्टिएको अवस्थामा स्कुटरमा सवार महिलालाई समेत किचेको प्रहरीको भनाइ छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाको थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु