काठमाण्डौं, १० बैशाख । दुई लाख नजिक पुगेको सुनको मूल्यमा भारी गिरावट देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार (आज) सुन तोलामा ७ हजार पाँच सय रुपैयाँले घटेको हो। मंगलबार ९हिजो० तोलामा सर्वाधिक १ लाख ९७ हजार ९०० रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो। छापावाल सुन आज १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।
आज चाँदी पनि ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जानकारी गराएको छ।–00–

