कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला, मोटरसाइकल समेत जल्यो

धनगढी,९ वैशाख  । कञ्चनपुरको बेलौरी नगरपालिका–१० स्थित शिवनगरको घटियाघाट रोड नजिकै जलेको अवस्थामा एक जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीका अनुसार मंगलबार बिहान करिब पौने ७ बजे सडक नजिकै तोरीको भुसमा आगलागी भइरहेको अवस्थामा एक थान मोटरसाइकल र त्यसको नजिकै मानव शव जलेको अवस्थामा फेला परेको हो।

शवको सनाखत हुन सकेको छैन भने घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु