चितवन, ५ बैशाख । पूर्व–पश्चिम राजमार्गको गोन्द्राङ–पुल्चोक ६ लेनको सडकखण्डको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको छ ।
भरतपुरमा निर्माण भएको एसियन मापदण्डको ६ लेन सडकको प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह, सहरी विकास तथा यातायातमन्त्री देवेन्द्र दाहाल र भरतपुर महानगर प्रमुख रेनु दाहालले संयुक्त रुपमा सहभागि भएर उद्घाटन गर्नुभएको हो ।
हेलिकोप्टर मार्फत भरतपुर पुग्नुभएको प्रधानमन्त्री ओलीको स्वागत तथा भाषण सुन्नका लागि १० बजेदेखिनै कार्यक्रम स्थलमा नेता, कार्यकर्ता र सर्वसाधरणको राम्रै भीड थियो । साढे १२ बजेदेखि कार्यक्रम सुरुगर्ने सेडुल थियो । निर्धारित समयमा कार्यक्रम सुरुहुन सकेन । भरतपुर विमानस्थल प्रवेशद्धारकै आडमा कार्यक्रमका लागि स्टेज बनाइएको थियो ।
बाक्लो सुरक्षा अवस्थाका बीच प्रधानमन्त्री केपीशर्मा ओली हेलिकोप्टर चढेर भरतपुर विमानस्थल पुगे । विमास्थलमा स्वागतका लागि भरतपुर महानगर प्रमुख रेनु दाहाल समेत पुग्नुभएको थियो । देशका कार्यकारी प्रमुखको आगमनले सुरक्षा अवस्था अत्यन्तै बलियो बनाइएको थियो । चौविसकोठी देखि हाकिम चोक सम्मको सडकमा गाडी गुड्न रोक लगाइएको थियो । कार्यक्रममा देखिएको दृष्य फोटोकथामा हेर्नुहोस ।
फोटोः सेतोनेपाल/प्रधानमन्त्रीको सचिवालय













-00–


