नागरिकका अपेक्षा अनुसार सरकारले कामगर्न सकेनः गगन थापा

काठमाडौं, २ बैशाख। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

बौद्धिक पेसाकर्मी अभियान परिषद्ले काठमाण्डौंमा आयोजना गरको नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रमलाई संवोधन गर्दै थापाले सरकारका काम सुस्त हुँदा समस्या निम्तिएको आरोप लगाए ।

 

महामन्त्री थापाले नागरिकले द्रूत गतिमा काम चाहेको तर सरकारले डेलिभरी गर्न नसकेको बताए । देशलाई कंकडको स्पिड चाहिएको छ तर सरकार ट्याक्टरको स्पिडमा छ’, उनले भने, ‘मान्छेको अपेक्षाको जुन गति छ त्यो सरकारले पक्रिन सकेन । ‘

कांग्रेस-एमाले गठबन्धनको सरकारको जिम्मेवारीमा नरहेरै सहयोग गर्न तयार भएको स्मरण गराउँदै उनले तर आफूले जोतिएर सरकारलाई सहयोग गर्दा पनि नागरिक सन्तुष्ट हुने काम नभएको बताए ।–00—

Share:

सम्बन्धित समाचारहरु