रविलाई जिल्ला कारागार भैरहवाको ४ नम्बर ब्लकमा एक्लै राखियो

भैरहवा, २५ चैत्र।  पूपक्षका लागि थुनामा पठाएको पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला कारागार भैरहवा, रुपन्देहीमा राखिएको छ ।

 

कारागारको ४ नम्बर ब्लकमा उनलार्ईै एक्लै राखिएको कारागार प्रशासक सुरेश भण्डारीले बताए ।

भैरहवा कारागारमा ४ वटा ब्लक छन् । अन्य ब्लकहरुमा अन्य कैदी तथा थुनुवाहरु छन् । बुटवलको सुप्रिम सहकारी प्रकरणमा रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी रकम मागेको आदेशमा चित्त नबुझाएर लामिछानेले उच्च अदालतमा निवेदन दिएका थिए ।

उच्च अदालतले लामिछानेलाई थुनामा राख्नका लागि दिएको आदेशमा जिल्ला अदालतले धरौटीमा छोड्दा दिइएका आधारलाई खण्डन गरेको छ । धरौटी वा थुनाको विकल्पको चयन मुद्दा तथा आरोपित कसुरको प्रकृति, घटना हुँदाको परिस्थिति, पीडितको अवस्थालगायत विभिन्न सान्दर्भिक पक्षको सापेक्षतामा निर्भर गर्ने उच्च अदालतको व्याख्या छ ।–00–

Share:

सम्बन्धित समाचारहरु